काठमाडौं – देशभरका स्थानीय तहको वेबसाइटमा नखुल्ने समस्या भएको छ ।
वेवसाइट खोल्दा यस वेबसाइटको मर्मत कार्य जारी छ। हामी एकछिन पछि फर्कने छौं, भन्ने सन्देश देखाइएको छ ।
यता काठमाडौँ महानगरपालिकाको वेवसाइट भने सुचारु अवस्थामा छ । वेबसाइट नचल्दा स्थानीय तहहरूले प्रकाशित गर्ने सूचना, जानकारीसहितका डिजिटल काममा भने असर परेको छ ।