काठमाडाैँ – आज काठमाडाैँ उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यतिबेला काठमाडाैँमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु लागेको छ । महाशाखाका अनुसार राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ । यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिममा मौसम आंशिक बदली हुनेछ ।
काठमाण्डौमा आज हिजोजत्तिकै चिसो छ । काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ ।