दार्चुलाको दोबाटामा खानेपानीको समस्या ज्यूँ का त्यूँ, लिफ्टिङ मर्मतको सुरसार छैन

काठमाडाैँ – दार्चुलाको शैल्यशिखर नगरपालिका–७ दोबाटा स्थित लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्‍याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन् ।
क्षति पुर्‍याएको लामो समय हुदा पनि समयमै मर्मत गर्न नसक्दा खानेपानीको लागि स्थानीयले सास्ती व्यहोर्नु परेको हो । चट्याङले आयोजनाको मुख्य पम्पिङमै समस्या आएपछि दोबाटा क्षेत्रमा पानी रोकिएको हो ।

“खानेपानीको सोलारमा क्षति भएकाले पुरानै अवस्थामा घण्टौँ लगाएर कुवाको पानी पिउनुपर्ने बाध्यतामा स्थानीय छन् । मुहान त छन तर के गर्नु बस्ती डाँडामा रह्यो मुहान तल रह्यो, लिफ्टिङ्क मर्मतका लागि नगरपालिका समेत मौन बसेकोले अब पानी मर्मत हुने आश समेत मरिसक्यो एक स्थानीयले भने । 

लामो समयदेखि नियमित खानेपानी आपूर्ति हुन नसक्दा स्थानीयसँगै विद्यालयलाई समेत अप्ठ्यारो परेको छ । खानेपानीको अभावका कारण वर्षायाममा झरेको बलेनीको पानी सङ्कलन गरी काम चलाउने गर्दछन भने हिउँदको सुख्खा समयमा घण्टौँ लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको छ ।

चट्याङले क्षति पुर्‍याएको सोलार प्यानल र कन्ट्रोलर मर्मतको लागि समितिसँग रकम नभएकाले वडा र पालिकालाई अनुरोध गरेको र पालिकाले अहिलेसम्म सुनुवाइ नगरेको स्थानीयको गुनासो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्