काठमाण्डौ – भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक आज काठमाण्डौ आउँदै हुनुहुन्छ । निजी भ्रमणको सिलसिलामा काठमाण्डौ आउन लाग्नुभएका उहाँ आजै स्वदेश फर्कनुहुनेछ ।
बिहान १० बजेतिर भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सीधै स्वयम्भू जाने कार्यक्रम छ । त्यहाँ पूजापाठ गरिसकेपछि बौद्ध जाने र बौद्धको पूजापाठ पछि फेरि अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दिउँसो स्वदेश फर्कनुहुनेछ । निजी भ्रमण भएकाले उहाँले कसैसँग भेटघाट गर्ने कार्यक्रम नभएको बुझिएको छ ।