भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क बनाउनु पर्छ : खड्गी 

भक्तपुर – बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क गर्नु पर्ने बताएकी छिन् । श्री पद्यम माध्यमिक विद्यालयको १०१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले समाजको भ्रष्टाचारको जड भनेको स्वास्थ्य र शिक्षा सँग जोडिएर आउने हो । आफ्ना बालबालिकालाई महँगो र राम्रो स्थानका पढाउन चाहनु र स्वास्थ्यका लागि भौँतारिनु पर्दा पनि भ्रष्टाचार मौलाएको हो । यसको निराकरणका लागि बागमती प्रदेशले निःशुल्क शिक्षाका लागि काम गर्दै आएको बताइन् ।

‘भविष्य निर्धारण गर्ने भनेको कलम किताबले नै हो सोही कारण यसलाई निःशुल्क बनाउन हामी लागी परेका छौँ’ उनले भनिन् । मन्त्री खड्गीले हाल सिक्दै कमाउँदै कार्यक्रम लागु गर्न लागेको समेत बताइन्। नेपाली विद्यार्थीलाई विदेशी न रोक्न पनि पढ्दै कमाउँदै कार्यक्रम थालनी गरिएको उनको भनाइ छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्