भुतपुर्व जनमुक्ति सेना नेपाल कञ्चनपुरकाे अध्यक्षमा “अजित” र सचिवमा सन्दर्भ”

कञ्चनपुर – भुतपुर्व जनमुक्ति सेना नेपालकाे २३,औ स्थापना दिवस तथा प्रथम कञ्चनपुर जिल्ला भेला आज सुदुरपस्चिम प्रदेशको कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका -०२ वाणी स्थित सामुदायिक बन समन्वय समिति (CFCC )काे सभाहलमा सम्पन्न भएको छ ।

भुतपुर्व जनमुक्ति सेना नेपालकाे २३औ,स्थापना दिवस तथा प्रथम कञ्चनपुर जिल्ला भेलामा कञ्चनपुर जिल्लामा बसाेबास गरिरहेका भुतपुर्व जनमुक्ति सेनाका कमान्डर ,कमिसार तथा सदस्यहरुकाे उल्लेख्य उपस्थिति रहेको थियोे ।

भुतपुर्व जनमुक्ति सेना नेपाल कञ्चनपुर काे जिल्ला तदर्थ समिति का सँयाेजक जित बहादुर करिया कङ्रहवा “अजित “काे अध्यक्षता मा भएको भेला काे सञ्चालन बहादुर सिह महरा”सन्दर्भ “ले गर्नुभएको थियो भने कार्यक्रम मा सहभागीहरुलाइ स्वागत खेमराज ओझा “पदम”ले गर्नुभएको थियोे ।

साथै साे भेलाले जितबहादुर करिया कङ्रहवा “अजित “काे अध्यक्षतामा २१सदस्यीय कञ्चनपुर जिल्ला समिति निर्बिराेध रुपमा चयन गरेको छ।समितिको उपाध्यक्ष मा पदम राना”सुवास “लालबहादुर धानुक”लाेकेश”सचिवमा बहादुर सिह महरा”सन्दर्भ “सह सचिव मा जय सिह भण्डारी “जमन”र काेषाध्यक्षमा राेजिना खत्री सर्बसम्मत रुपमा चयन भएका छन।

साथै भेलालाई सम्बाेधन गरेका जनमुक्ति सेनाका कमान्डर ,कमिसार लगायत सहभागी हरुले जनयुद्ध मार्फत प्राप्त उपलब्धि हरुकाे रक्षा ,प्रयोग र बिकास गर्दै आगामी दिनमा जनयुद्धका बाकी कार्यभार हरु पूरा गर्न एकताबद्ध भएर अगाडि बढने साझा प्रतिबद्धता समेत जाहेर गरेको कुरा भुतपुर्व जनमुक्ति सेना नेपाल कञ्चनपुर का नव गठित जिल्ला समिति का सचिव बहादुर सिह महरा”सन्दर्भ “जानकारी दिएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्