नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति

काठमाडौँ – भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले नेपालले जान जानी सीमा विवाद उत्पन्न गरेको गुनासो गरेका छन् । शनिवार राष्ट्रिय एकता अभियानले आयोजना गरेको हिन्दु संस्कृति र नेपाल–भारत सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा उनले विवाद झिकेर लिपुलेक जस्ता ठाउँलाई नक्सामा ल्याएको गुनासो गरे ।

आफुले विश्वका ९४ देशको भ्रमण गरेको र कुनै पनि देशको रुपैयाँमाथि कुनै छिमेकी देशको सीमा विवादको फोटो छापिएको नदेखेको उनको भनाइ थियो । ‘सीमालाई लिएर चीन र भारतको बिचमा पनि विवाद रहेको छ तर त्यो विवादित ठाउँलाई आफ्नो रुपैयाँमा कसैले छापेका छैनन्, तर नेपालले विवादित ठाउँलाई आफ्नो रुपैयाँमा छाप्दा मलाई दुःख लागेको छ’ उनले भने ।

उनले यो विवादलाई संवादमार्फत समाधान गर्न सकिने समेत बताए । तर त्यसका लागि प्रयास नभएको उनको गुनासो छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्