नवीन सोचका साथ काम गर्न सुरक्षा निकायका अधिकारीलाई गृहमन्त्रीको निर्देशन

सुदूरपश्चिम– गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।
धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सिमानाको रक्षा, आपराधिक गतिविधिको नियन्त्रण, विपद् व्यवस्थापन र सामाजिक सद्भाव कायम राख्न हरदम प्रहरी सक्रिय रहनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ जनताले आफ्ना अधिकारलाई प्रयोग गर्न पाउने स्थितिलाई सुनिश्चित गर्नुुपर्छ,  मुलुकमा अमनचयन, विधिको शासन, शान्तिसुरक्षा र अनुशासन कायम गर्न जरुरी छ ।”
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ऐनलाई समयानुकूल बनाउन नयाँ कानुन संसद्को आगामी अधिवेशनमा पेस गरिने  गृहमन्त्रीले बताउनुभयो ।
गृह मन्त्रालय र प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठीमा प्रदेशका सबै नौ जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता छ ।गृहमन्त्री लेखक भनाइ
धनगढी,४ मंसिर
गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षा संगै अनुशासन कायम गराउन आवश्यक रहेकाे बताउनु भएकाे छ । उहाँले पहिलाे आवश्यकता शान्ती स्थापना गराउनु भएपनि संगै अनुशासित पनि बन्नुपर्ने बताउनुभयाे ।
मंगलबार सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा सुरु भएकाे प्रदेश स्तरिय सुरक्षा गाेष्ठीकाे उद्घाटन गर्दै गृहमन्त्री लेखकले भन्नुभयाे – सबै भन्दा पहिलाे आवश्यकता शान्ती कायम गराउनु हाे, तर सुरक्षा संगै अनुशासन पनि कायम गराउन जरुरी छ । गृहमन्त्री लेखकले मंसिर १६ मा हुनगईरहेकाे उपनिर्वाचनलाई निश्पक्ष र शान्तीपुर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयाे । गृहमन्त्री लेखकले भन्नुभयाे- लाेकतन्त्रकाे विकल्प लाेकतन्त्र मात्रै हाे, यसकाे रक्षा र सुदृढीकरण गर्नु हामी सबैकाे दायित्व हाे । उहनँले लाेकतन्त्र मर्यादित ब्यबस्था भएकाे बताउँदै लाेकतन्त्रमा अनुशासन अनिबार्य रहेकाे उल्लेख गर्नुभयाे ।
गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागुआैषध नियन्त्रण, आत्महत्या, विपद, सवारी दुर्घटना जस्ता बिषयमा गम्भीर भएर काम गर्न निर्देशन दिनुभयाे । उहाँले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिदै भन्नुभयाे – तपाईहरुले काम गरिराख्नु भएकाे छ तर यत्तिले पुग्दैन थप क्रियासिलता र सकृयता भएर काम गर्नुस, सबै समस्या समाधान हुन्छन । उहाँले सुरक्षा गाेष्ठी आैपचारिकतामा मात्र सिमित नभई सुदूरपश्चिम प्रदेशकाे शान्ती सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका बिषयमा गम्भीर समीक्षा गरि आगामी याेजना बनाउने बताउनुभयाे ।
गृह सचिव गाेकर्णमणी दुवाडीकाे अध्यक्षतामा सुरु भएकाे सुरक्षा गाेष्ठीमा नेपाल प्रहरीका प्रमुख वसन्त कुवँर, शसस्त्र प्रहरी प्रमुख राजु अर्याल,राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख लगायत सुदूरपश्चिमका सुरक्षा निकाय प्रमुख, नाै वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतकाे सहभागीता रहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्