दार्चुला जीप दुर्घटनामा परी मृत्यु हुने ८ जनाको पहिचान खुल्यो

दार्चुला – दार्चुला जीप दुर्घटनामा परी मृत्यु हुने ८ जनाको पहिचान खुलेको छ । मालिकार्जुन जात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ जादै गरेको जिप दुर्घटनामा ज्यान गुमाउनेको शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा सोही ठाउँका, १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिल रहेका छन् ।
यस्तै चालक मालिकार्जुन–८ पस्तीका सुनिल जोशीको टाउँकोमा गम्भिर चोट रहेको छ भने ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाईते भएको बताईएको छ । घाईतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घाइतेको उद्दारका लागि हेलिकप्टर समेत बोलाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्