कुवेतविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, १६५ रनले विजयी

काठमाडौँ – युनाइटेड अरब इमिरेट्समा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको पाचौँ खेलमा नेपालले कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै १६५ रनको जित निकालेको छ। २१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा मात्र ४८ रन बनाएर अलआउट हुन पुग्याे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा मात्र २ विकेट गुमाएर २१३ रनको योगफल बनाएकाे थियाे। नेपालको विशाल योगफलमा क्याप्टेन पूजा महतोले ६९ बलमा १७ चौकासहित १३० रन बनाइन्।

यसैगरी, ३३ बल खेलेकी सोनी पाख्रीनले २ चौकासहित ४३ रनको योगदान गरिन्। त्यसअघि साबित्री धामीले ११ रन जोड्दा साना प्रवीन ६ रन बनाएर आउट भएकी थिइन्। युएईका लागि जिफा जिलानी र क्यान्डिस डायसले समान एक विकेट लिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्