बारामा एकैदिन दुईजना कोरोना संक्रमित भेटिएपछि टोल सिल गर्ने प्रशासनको तयारी

बारा – दुईजना व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि सम्भावित जोखिम क्षेत्र सिल गर्न जिल्ला सुरक्षा समितिका प्रमुखहरुले स्थलगत अनुगमण गरेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण पंगेनी, ईलाका प्रशासन कार्यालयका प्रमुख कृष्ण गैरे, जीतपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा.कृष्ण पौडेल, सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीसहित नेपाली सेना, सशस्त्र प्रहरी लगायतको टोली सो क्षेत्र सिल गर्न सकृय भएका छन् ।

आज विहान एकै दिन चार जना व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुले पुष्टि गरेपछि सो टोलको चारैतर्फ जोखिम क्षेत्र मानेर सिल गर्ने तयारी गरेको नगरप्रमुख डा.पौडेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्