नेकपाको विवाद उत्कर्षमाः दुबै पक्षले बहुमत देखाउन सांसदहरुको हस्ताक्षर संकलन अभियान चलाए

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी्भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला दुबै समूहले आफ्नो पक्षमा बहुमत देखाउन सांसदको हस्ताक्षर अभियान चलाएका छन् ।
प्रधानमन्त्री ओली एक समुहमा देखिएका छन् भने नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल अर्को समुहमा देखिएका छन् । तर नेपाललाई प्रचण्डले साथ दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आफूनिकटका सांसदहरूको हस्ताक्षर अभियान चलाइसकेका छन् । भने यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले पनि सांसदहरूको हस्ताक्षर संकलन सुरू गरेको नेकपा स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रचण्ड–नेपाल पक्षले काठमाडौंबाहिर रहेका सांसदहरूलाई समेत काठमाडौं बोलाएका छन् ।

बुधबार ५ बजेका लागि बोलाइएको सचिवाल बैठकले के निष्कर्ष निकाल्छ भन्ने आम कार्यकर्ता र जनताहरुले चाँसोका साथ हेरेका छन् । भने कतिपय नेता कार्यकर्ताले कुर्सिका लागि मात्रै लडाइ गर्ने भन्दै सामाजिक संजालमा नेतृत्वको चर्को आलोचना समेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्