नेपालमा एकै दिन ३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौँ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमणको पुष्टि भएको छ ।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका हुन् । श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्