लकडाउनको धज्जी उडाउँदै महोत्तरीमा प्रदर्शन, सांसद र राजनीतिक दलका कार्यकर्ता नै सहभागि

महोत्तरी – लकडाउनको उल्लंघन गर्दै जनता समाजवादीका नेता तथा सांसद डा.सुरेन्द्र कुमार यादवको पक्षमा प्रदर्शन भएको छ ।
मंगलबार साँझ यादको गृह गाउँमा सो पार्टीका कार्यकर्ताहरुले जुलुस प्रदर्शन गरेका हुन् ।
उनलाई केही दिनअघि पूर्व आइजीपी सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ लगायतले अपहरण गरेको आरोप लागेको छ ।

तर कोरोना महामारीका कारण मुलुक लकडाउनमा रहेका बेला सामाजिक दुरीको समेत ख्यालै नगरी गरिएको प्रदर्शनमा प्रतिनिधिसभाका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डा. यादव अपहरण काण्डमा प्रहरी तथा सरकारी वकिल कर्याालयमा जाहेरी दर्ता नभएपछि त्यसको विरोधमा पार्टी कार्यकर्ताहरुले महोत्तरीमा प्रदर्शन गरेका हुन् । महोत्तरीको सम्सी गाउँपालिकास्थित सम्सी बजारमा भएको सो प्रदर्शनमा पार्टीका थुप्रै नेता कार्यकर्ताहरु सहभागी रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्