राजस्थानलाई पराजित गर्दै हैदरावाद आइपिएलको फाइनलमा

काठमाडौँ – सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ। गएराति दोस्रो क्लालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले फाइनलमा स्थान पक्का गरेको हो।

हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो। राजस्थानलाई पराजित गर्ने क्रममा हैदरावादका शहबाज अहमदले तीन र अभिषेक शर्माले २ विकेट लिए। त्यस्तै कप्तान प्याट कमिन्स र नटराजनले एक/एक विकेट लिए। राजस्थानका लागि ध्रुव जुरेलले अर्धशतक हाने। उनले ३५ बलमा ७ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ५६ रन बनाए।

ओपनर यशश्वी जैसवालले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ४२ रन जोडे। टम कोलर क्याडमोर र कप्तान सन्जु सामसन १०/१० रन बनाएर आउट हुँदा रियान पराग ६ रन, रविचन्द्रन अश्विन शून्यमा, शिम्रोन हेटमायर ४ रन, रोवमन पवेल ६ रन र ट्रेन्ट बोल्ट शून्यमा आउट भए। एमए चिदम्बरम स्टेडियम चेन्नईमा पहिले ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। त्यस क्रमममा हेनरिच क्लासेनले ३४ बलमा ४ छक्का प्रहार गरी सर्वाधिक ५० रन बनाए।

ओपनर ट्राविस हेडले २८ बलमा ३ चौका र छक्का प्रहार गरी ३४ रन जोडे। राहुल त्रिपाठीले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३७ रन बनाए। शहबाज अहमदले १८ बलमा १ छक्का प्रहार गरी १८ रनको योगदान गरे। हैदरावादका ऐडेन मक्रम १ रनमा, नितिश कुमार रेड्डी ५ रनमा, जयदेव उनाडकट ५ रनमा आउट हुँदा अब्दुल शामद शून्यमा आउट भए। कप्तान प्याट कमिन्स ५ रन बनाएर नट आउट रहे।बलिङतर्फ राजस्थानका ट्रेन्ट बोल्ट र अवेश खानले ३/३ विकेट तथा सन्दीप शर्माले १ विकेट लिए। पराजित भएको राजस्थान आइपिएलबाट बाहिरिएको छ। विजयी भएको हैदरावादले कोलकाता नाइट राइडर्ससँग उपाधिका लागि खेल्नेछ। फाइनल खेल भोलि हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्