डिआईजी बढुवा एकसाता धकेलियो, बरियताको शीर्षस्थानमा भोला, दिल्लीराज, धुर्व र कृष्णहरी

काठमाडौं – नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवा अझै केहि समय धकेलिएको छ । हालै हुनुपर्ने बढुवा अझै केहि दिन धकेलिएको छ ।  नेपाल प्रहरीका महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले बरियताकै अधिकृतहरुबाट बढुवा गर्ने तयारी गरिरहेका छन् भने केहि राजनीतिक दवाबमा बढुवा धकेलिएको छ ।

हाल रिक्त रहेको तीन डिआईजीका लागि अहिले बरियताको शीर्षस्थानमा आईजी कुँवरकै ब्याची एसएसपीहरु भोला बहादुर रावल, दिल्लीराज बिष्ट, धुर्वराज राउत र कृष्णहरी शर्मा पोखरेल रहेका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय सन्दीप भण्डारी र मिरा चौधरीले अवकाश पाएपछि एआईजीमा उमेश जोशी र भिम ढकाल बढुवा भएपछि रिक्त रहेको दुई र विकासराज खनालले डिआईजीबाटै अवकाश लिएपछि हाल नेपाल प्रहरीमा ३ डिआईजी रिक्त रहेको छ ।

पछिल्लो समय एसपी र डिएसपी बढुवामा शीर्षस्थानका अधिकृतमा पनि राजनीतिक चलखेल भएको आरोप लागेका बेला गृहमन्त्री लामिछानेले यसपटक पनि बरियतालाई मिच्ने आशंका बढेको छ । प्रहरी मादपण्ड र नियमावली अनुसार बढुवा भएको खण्डमा रिक्त ३ स्थानका लागि आईजीका ब्जाचकै एसएसपीहरुबाटै बढुवा हुने देखिन्छ ।

आईजी कुँवरले यसअघिको एपपी र डिएसपीको बढुवा र सरुवामा समेत विवाद देखिएपछि विवादरहित बनाउने प्रयास गरिरहेका छन् । अहिले रिक्त रहेको ३ डिआईजीका लागि दर्जन एसएसपीहरु दाबेदार देखिएका छन् । आईजी कुँवरकै ब्याचका चार जनाबाहेक पछिल्ला ब्याचका एसएसपीहरु पनि बढुवाका लागि चलखेल गरिरहेका छन् । एसएसपी बढुवाका लागि सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, गणेश चन्द्र, दानबहादुर कार्की, डा. मनोज केसीलगायतका अधिकृतहरु दौडधूपमा लागेका छन् ।

गृहमन्त्री लामिछाने यस अगाडि पनि डीएसपी बढुवामा विवादित बनेका थिए। उहाँमाथि आफुखुसी बढुवा गरेको आरोप लागेको थियो। बढुवासूचिलाइ अन्तिम रुप दिए बैदेशिक भ्रमणमा जाने आईजीपीको योजना विफल भएको छ । योसँगै आइजीपी आजमात्रै फ्रान्सतर्फ प्रस्थान भएका छन्। उनी विभागीय कार्यक्रमकै लागि त्यहाँ गएकोमा डीआइजी बढुवा प्रक्रियासँगै इन्सपेक्टरको सरुवा पनि अल्झिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्