लकडाउनका बीच नेविसंघ सरकार विरुद्धको सडक आन्दोलनमा

काठमाडौँ – नेपाली काँग्रेसको भातृ सँगठन नेपाल विद्यार्थी संघले सरकारले ल्याएको अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समुहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेका हुन् ।
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रञ्जीत कर्णको अगुवाइमा निस्केको विद्यार्थी समुहले संघिय संसद भवन अगाडिको सडकमा केहिबेर प्रदर्शन गरेको थियो ।

नेता कर्णले लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको अध्यादेशको सबै पक्षले बिरोध गर्नु पर्ने बताए । नेपाल विद्यार्थी संघको यो समुहले आजबाट नियमित रुपमा सरकारको बिरोधमा ठाउँ ठाउँमा प्रदर्शन गर्ने बताएको छ ।

विरोधका क्रममा संविधानविपरित ल्याइएको अध्यादेश फिर्ता गर, केपी ओली सत्ताको उन्मादमा जनता कोरोनाको त्रासमा लगायतका नारा लगाएका थिए ।

तस्विर: राताेपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्