पूर्वसचिव उपाध्याय विरुद्ध साइबर अपराधमा मुद्दा चलाइने

काठमाडौँ – नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने भएको छ । प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतमा उनलाई उपस्थित गराएर म्याद थप माग गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री, मन्त्रीलगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा उपाध्यायलाई साइबर ब्यूरोको टोलीले बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको थियो ।
साइबर ब्यूरोका एक प्रहरी अधिकारीका अनुसार उपाध्यायमाथि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्