भीमेश्वर एकेडेमीले मनायो १८औँ वार्षिकोत्सव एवं अभिभावक दिवस

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ को काँडाघारीमा रहेको भीमेश्वर एकेडेमीले विद्यालयको १८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
शनिवार एक औपचारिक कार्यक्रमका विच विद्यालयले उक्त कार्यक्रमको आयोजना गरि भव्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो सिप, कौशल तथा क्षमता प्रदर्शन गरेका थिए । यसैगरी विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा विद्यार्थीहरुले बर्षभरी सिकेका विभिन्न विधागत सिपको कदर गर्दै प्रमाणपत्र, मेडल प्रदान गरिएको थियो । वेष्ट हेण्ट राइटिङ, वेष्ट डिस्सिपेलेन, स्टुडेन्स अफ द इयर, पेरेन्ट्स अफ द इयर,  वेष्ट हाइजिन, मोष्ट इम्प्रुभ्ड स्टुडेन्स, एक्सलेन्ट इङ्गिलस स्पिकर, वेष्ट डान्सर, वेष्ट प्लेयर, एकेडेमिक पुरस्कार, शतप्रतिशत हाजिरी  लगायत अन्य विधामा अवार्ड प्रदान गरिएको विद्यालयका प्रिन्सिपल अमृत खड्काले जानकारी दिए ।


अभिभावकको अगाडी विद्यार्थीहरुको प्रतिभा देखाउने कार्यक्रमको रुपमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरुले विद्यालयलाई देखाएको सदभाव प्रति कृतज्ञ रहेको समेत प्रिन्सिपल खड्काले बताए । भीमेश्वरले कबड्डीखेलमा असाधारण प्रगति गरेको उनको भनाई थियो । प्रिन्सिपल खड्काका अनुसार कबड्डीखेलको राष्ट्रिय टिममा भीमेश्वरका उत्पादन ४–५ जना रहेका छन् । आगामी दिनहरुमा भीमेश्वरले थप अतिरिक्त क्रियाकलापहरुलाई अझै परस्कृत ढंगले लागु गर्ने उनको भनाई थियो ।

विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा संस्कार, आचरण, व्यवहार तथा सिप र प्रयोगसँग अबको शिक्षा जोड्न सके विद्यार्थीहरु आत्मनिर्भर हुनुका साथै नेतृत्वदायी क्षमताको उत्पादक बन्न सक्ने भएकाले भीमेश्वरले त्यसतर्फ ध्यान दिएको समेत प्रिन्सिपल खड्काले बताए ।

कार्यक्रममा बरिष्ठ कलाकार मदानदास श्रेष्ठलाई स्रष्टा सम्मान गरिएको थियो । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र बहादुर कार्कीलाई त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको अध्यक्ष भएकोमा विद्यालयले सम्मानपत्र सहित बधाई दिइएको थियो भने विद्यालयका प्रिसिन्पल समेत रहेको खड्कालाई नेशन प्याब्सन काठमाडौँ जिल्लाको अध्यक्ष पदमा निर्वाचित भएर जिम्मेवारी वहन गरेको भन्दै विद्यालय व्यवस्थापनले सम्मान पत्र सहित बधाई तथा शुभकामना प्रदान गरेको थियो । यस्तै विद्यालयका भाइस प्रिन्सिपल राजिब सेढाइ नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटिको सचिव पदमा निर्वाचित भएको भन्दै विद्यालय व्यवस्थापन समितिले सम्मानपत्र सहित बधाई तथा शुभकामना दिएको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, जेष्ठ नागरिक कोषका सभापति बसन्तराज कार्की, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष अनिल थापा, नेशनल प्याब्सन काठमाडौँका उपाध्यक्ष प्रेमकुमार भुजेल, कोषाध्यक्ष टंक थापा, नेशनल प्याब्सन काठमाडौँ महानगरपालिका सचिव सुनिल केसी, नेशनल प्याब्सन कागेश्वरी मनोहराका अध्यक्ष रन्जन न्यौपाने लगायतका व्यक्तिहरु सहित शिक्षक, विद्यार्थी र अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले आफै बनाएका विज्ञानका सामाग्रीहरुकाे समेत प्रदर्शनी गरिएकाे थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्