कविहरुका प्रिय बन्दै हेलम्बुका अध्यक्ष शेर्पा

काठमाडौँ – ‘पर्यटनका लागि साहित्य र साहित्यका लागि पर्यटन’ अभियान अन्तर्गत कविहरूको भेटघाट तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार काठमाडौँमा कविता र पर्यटनलाई जोड्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा कविहरू राजेन्द्र सलभ, स्नेह सायमी, नन्दु उप्रेती, राजेन्द्र अधिकारी, लक्ष्मी माली, महेश प्रसाई र पुष्पराज राजकर्णिकार लगायतका कविहरुले कविता वाचन गरेका थिए । कार्यक्रममा र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा प्रमुख अतिथि रहेका थिए ।

अध्यक्ष शेर्पा हरेक क्षेत्रमा सक्रिय रहदै आएका छन् । उनी शनिबार काठडमाडौँमा आयोजित कवि भेटघाट तथा सिर्जना वाचन कार्यक्रमको प्रमुख अतिथि बनेर कार्यक्रममा सहभागि भए । राजनीतिक रुपमा आफ्नो छुट्टै पहिचान बनाएका अध्यक्ष शेर्पा पछिल्लो समय कविहरुका प्रिय बन्न थालेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेर्पाले साहित्य मार्फत देशको विकास गर्न सकिने बताएका थिए । ‘जहा रवि पुग्दैन, त्यहा कवि पुग्छ’ भन्ने भनाईलाई सर्थाक बनाएर कविहरुले देश विकासका मुद्धाहरुमा कलम चलाउनुपर्नेमा उनको जोड थियो । पर्यटकीय स्थलहरुका बारेमा साहित्यमार्फत जानकारी गराउन सकिने भन्दै उनले हेलम्बुमा रहेका पर्यटकीय स्थलहरुको अवलोकन गर्न पनि सबैलाई आह्वान गरे । उनले सबैले स्थानीय तह देखि संघीय सरकारकोलाई घचघच्याउनु पर्ने पनि धारणा राखे । राजनीति गर्नेहरुले जनताका समस्याहरुलाई नजिकबाट नियाल्नुपर्ने उनको भनाई थियो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्