कोरोना संक्रमित कैलालीका अर्का युवक पनि डिस्चार्ज, निको हुनेको संख्या ५ पुग्यो

कैलाली – कोरोना सङक्रमित धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३४ वर्षीय अमृत शाही उपचारबाट निको भएपछि घर फर्किएका छन् । नेपालको चौथो सङक्रमित शाही झण्डै एक महिना सेती प्रादेशिक अस्पताल बसेपछि मंगलबार घर फर्किएका हुन् । उनले आफूले उपचारमा सहयोग गर्ने चिकित्सक र नर्सहरुका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

चैत ११ गते कोरोनाको आशंकामा अस्पताल पुगेका शाहीलाई केन्द्रीय प्रयोगशालाले चैत १४ गते कोरोना भएको पुष्टी गरेको थियो । उनी चैत ७ गते दुबईबाट दिल्ली हुँदै काठमाडौं पुगेका थिए ।

उनी चैत ८ गते बुद्ध एअरबाट नेपालगञ्ज र माइक्रोबसमा अत्तरिया हुदै धनगढी पुगेका थिए ।

 

तस्विर: गाेरखापत्रअनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्