नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुग्यो, उदयपुरमा मात्रै २३ जना

काठमाडौँ – उदयपुरमा एकै दिन १० जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अघि उदयपुरमा एकैदिन ११ भारतीय नागरिक र एक जना नेपालीमा र त्यस पछि एक जनामा फेरी कोरोनाको पुष्टि भएको थियो । यो सँगै उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २३ जना पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्