आठौँ अर्किड कपको छैटौँ दिन : पाँच खेल सम्पन्न, यी हुन् विजेता स्कुलहरु

काठमाडौँ – आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० को आज छैटौँ दिन पाँच खेल सम्पन्न भएका छन् । पहिलो खेल गणेश हिमाल स्कुल र श्री सञ्जय साईस्कुलबीच भएको हो । जसमा गणेश हिमालले कुनै गोल गर्न सकेन भने श्री सञ्जय साई स्कुल २ गोल गर्दै विजयी भएको छ । सञ्जय साईका पुस्कर खड्काले गोल गरेका थिए भने गणेश हिमालका दावा शेर्पा म्यान अफ द म्याच भए ।

यस्तै आजै एपेक्स लाईफ स्कुल र अक्षरिका स्कुलबीच दोस्रो खेल भएको छ । दुबैबचीको यो खेल एक एक गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट अक्षरिका स्कुल विजयी भएको छ । जसमा ६–५ गोलको अन्तर रहेको थियो । एपेक्सका रोजन प्रसाइ म्यान अफ द म्याच घोषित भए ।

यस्तै आजै तेस्रो खेल नेक्स्स एकेडेमी र गेट वे स्कुलबीच भएको छ । जसमा नेक्सेसलाई २–१ गोल अन्तरले पराजित गर्दै गेट वे विजयी भएको छ । गेट वे का कृष्ण श्रेष्ठ र रजत बस्नेतले १–१ गोल गरे । नेक्सेसका सुरज स्याङतान म्यान अफ द म्याच भए ।

यस्तै आजै भएको चौथो खेलमा गोल्डेन बड स्कुल विजयी भएको छ । मिलन धर्मस्थली स्कुललाई ३–१ गोलले पराजित गर्दै गोल्डेन बड विजयी भएको हो । गोल्डेन वडका चन्दन थापा, आदित्य थामी र बुन्जोक लामाले १–१ गोल गरेका थिए । धर्मस्थलीका अर्नव घले म्यान अफ द म्याच भएका छन् ।

यस्तै आज भएको अन्तिम खेलमा बाल गिताञ्जली स्कुल विजयी भएको छ । श्रमशील विद्यापिठलाई ५–४ गोल अन्तरले पराजित गर्दै बाल गिताञ्जली स्कुलले जीत हासिल गरेको हो । दुवै टिमले गोल गर्न नसकेपछि पेनाल्टी मार्फत बाल गिताञ्जलीलले जितेको हो । यो खेलमा श्रमशीलका दिपक कटवाल म्यान अफ द म्याच घोषित भए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्