सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः नेपाल एपीएफ स्कुल र नेपाल पुलिस स्कुल फाइनलमा

काठमाडौं, ५ माघ । आयोजक नेपाल एपीएफ स्कुल र नेपाल पुलिस स्कुल कीर्तिपुरमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

शनिबार सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर क टिमले मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

नेपाल एपीएफ स्कुलको तर्फबाट विकास बोहोराले २ तथा तेन्जिङ्ग शेर्पा र रोहित गोलेले समान १-१ गोल गरे। विकास बोहोरा म्यान अफ दि म्याच चुनिए।

शनिबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुल, साँगाले सैनिक आवासीय महाविद्यालय, सल्लाघारीलाई ट्राइबेकरमा ३-२ गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गर्यो । खेलमा दिप्सन परियार उत्कृष्ठ खेलाडी चुनिए।

प्रतियोगिताको फाइनल खेल सोमबार मध्यान्ह १२ बजे हुने तालिका रहेको छ।

प्रतियोगिताको उपाधि विजेताले ५० हजार नगद पुरस्कार पाउनेछ। प्रतियोगितामा काठमााडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्