याे समयमा सरकारको अध्यादेश ल्याउने खेल मानवताविरुद्धको अपराधः राजेन्द्र महतो

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले सरकारले आफ्नो पार्टीलाई फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भए त्यो पूरा नहुने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार पार्टी फुटाउने प्रावधान खुुकुलो बनाउन गरेको निर्णयबारे प्रतिक्रिया दिँदै महतोले भने, ‘राजपा वा समाजवादी पार्टी फुटाउने दिवास्वप्न कसैले देखेको छ भने त्यो पूरा हुँदैन ।’

सरकारको निर्णयले राजपा फुट्ने होइन, बरु समाजवादीसँग एकता गर्ने आधार बलियो भएको महतोको भनाइ छ ।

‘एकछिनलाई मान्नुस्, सरकारलाई लाग्यो रे, राजपा र समाजवादी नफुटाई भएन, के यो त्यस्तो फोहरी खेल खेल्नेबेला हो ?’ महतोले भने, ‘जनताको जीवन रक्षा गर्ने बेलामा सरकार यस्तो खेलमा लाग्नु भनेको मानवताविरुद्धको अपराध हो ।’
अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्