सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः मनकामना सेकेण्डरी स्कुल सेमिफाइनलमा

काठमाडौं, २ फागुन । मनकामना सेकेण्डरी स्कुल कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा मनकामना सेकेण्डरी स्कुल जोरपाटी र जेम्स स्कुल धापाखेलबीचको प्रतिस्पर्धात्मक खेलमा मनकामना सेकेण्डरी स्कुल ३-२ को गोल अन्तरले विजयी भयो ।

विजयी मनकामना सेकेण्डरीको तर्फबाट सुनिल डंगोल, अनिस डंगोल र सनिल मगरले समान १-१ गोल गरेका थिए । प्रतियोगितामा मनकामनाका विवेक लामिछाने उत्कृष्ठ खेलाडी चुनिए ।

प्रतियोगिता अन्तर्गत बिहीबार क्वाटरफाइनल चरणका ३ खेल हुनेछन् ।

जहाँ नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) विरुद्ध नेपालय ईङ्गलिस पब्लिक स्कुल, जोरपाटीबीच दिनको पहिलो खेल हुनेछ । यसैगरी दोश्रो खेलमा बिहीबार नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) विरुद्ध नेपाल पुलिस स्कुल, साँगा, काभ्रेबीच खेल हुने तालिका रहेको छ ।

बिहीबार नै सैनिक आवासीय महाविद्यालय, सल्लाघारी विरुद्ध लेबोरेटरी माध्यामिक विद्यालय, कीर्तिपुरबीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ । ५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्