अर्किड स्कुलद्वारा सरस्वती पूजा, साँस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौं – अर्किड प्यूपल सेकेण्डरी स्कुलले साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँको गोठाटार हाइटमा रहेको अर्किड प्यूपल सेकेण्डरी स्कुलले सरस्वती पूजाको अवसरमा एक भव्य कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन्न गरेको हो ।
राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकार सुरबीर पण्डित ‘दारीबा’, सुवोध गौतम ‘एदुमे’ लगायतका अन्य कलाकारहरुलाई बोलाएर कार्यक्रमको आयोजना गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिसँगै अभिभावकहरुलाई समेत आमन्त्रण गरि कार्यक्रमको आयोजना गरेको र अभिभावककै अगाडी आफ्नो नानीबाबुहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले साँस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।

यसैगरी विद्यालयले बर्षभरी शैक्षिक गतिविधि लगायतको मूल्याकंन गरि विभिन्न विधामा पुरस्कार समेत वितरण गरेको छ । खेलकुद, नृत्य लगायत अन्य विद्यालयका आन्तरिक कार्यक्रमहरुमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार दिनुका साथै विद्यार्थीहरुको उज्वल भविष्यका लागि अहोरात्र खटिने शिक्षक शिक्षिका तथा विद्यालय कर्मचारीहरुलाई समेत सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ ।

यसैगरी विद्यालयले एसईई पास गरि गएका विद्यार्थीहरुलाइ समेत सम्मान तथा विदाइ गरेको छ । एसईईमा उत्कष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मानपत्र प्रदान गरेको छ भने पूर्व विद्यार्थीहरुलाइ समेत विद्यालयले आजको कार्यक्रममा सम्मान गरेको हो ।

कार्यक्रममा विद्यार्थी, अभिभावक तथा आमन्त्रित अतिथि गरि करिब एक हजारबढीको उपस्थिति रहेको थियो ।

विद्यालयले प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर श्रीपञ्चमी पर्व तथा सरस्वती पूजा भव्यताका साथ मनाएको छ । सरस्वतीको मन्दिरमा आफ्ना सबै विद्यार्थीहरूलाई लगेर सरस्वतीको प्रार्थना गरि सरस्वति पूजा मनाएको छ । सरस्वति पूजाको अवसर पारेर स्कूलमा पिजीदेखि ९ सम्मका विद्यार्थीहरूलाई भर्नामा विशेष छुटको व्यवस्था समेत गरेको छ ।

आजैका दिन अभिभावकले आफ्ना स–साना छोराछोरीलाई अक्षरारम्भ गराउँदै विद्यालयको ढोकासम्म पुर्याएका छन भने विद्यालयले पनि विशेष अवसरका रुपमा बालबालिकालाई आजैदेखि कक्षा प्रवेश गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्