अबकाे ३ दिनसम्म पानी पर्ने र हिमपात हुने सम्भावना

काठमाडौँ  – पश्चिमी वायुको कारण अहिले देशैभरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन निकालेर अबको ३ दिनसम्म पानी पर्ने र हिमपात हुने सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँमा पानी पर्ने भए पनि मध्य र पूर्वी नेपालमा भने पानी पर्ने धेरै सम्भावना छैन । यी ठाउँमा फाट्टफुट्ट पानी पर्नेछ ।

आज राति कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही ठाउँमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै भोलि कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भू–भागका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ । यस्तै पर्सि पश्चिम नेपालका केही ठाउँमा दिनभरि नै पानी पर्ने महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली सबैजसो ठाउँमा हिमपात हुनेछ । केही दिनअघि मात्र पनि देशका केही ठाउँमा छिटफुट वर्षा र हिमपात हुँदा किसान खुसी भएका थिए । लामाे समयकाे खडेरी पछि पानी पार्ने र हिमपात हुने खबरले उनीहरू झनै खुसी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्