कैलालीको अत्तरियामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

सांकेतिक तस्बिर

धनगढी- कैलालीको अत्तरिया चौराहमा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित चौराहमा बा १८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दा देवी नाथको मङ्गलवार दिउँसो मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार नविन दाना पोल्ट्री फर्मको गाडीले वृद्धालाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते भएकी पैदल यात्री नाथको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनलाई ठक्कर दिन गाडी र चालक गोदावरी नगरपालिका वडा नम्बर २ का दिनेश लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा मालाखेती प्रहरीले थप अनुसन्धान गर्दैछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्