फिजमको आयोजनामा यहि माघ १७ गतेबाट अन्तर विद्यालय फुटवल प्रतियोगिता हुने

काठमाडाैं – संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा यहि माघ १७ गतेबाट अन्तर विद्यालय फुटवल प्रतियोगिता हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको एघारौँ संस्करण सुरु हुन लागेको जानकारी दिनुभयो ।
हरेक बर्ष जस्तै यस बर्ष पनि विद्यार्थीहरुको प्रतिभा उजागर गर्न तथा शाररीक, मानसिक तथा समाजिक रुपले विद्यार्थीहरुलाई जागरुक गर्न र भाइचाराको सम्बन्ध काययम गर्न प्रतियोगिता आयोजना गर्न लागेको फिजमका अध्यक्ष अमृत कुमार खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिता माघ १७ गतेबाट सुरु भई २७ गते समापन हुनेछ । काठमाडौँको मूलपानीस्थित मनोहरा स्पोर्टस् क्लब मैदानमा हुने उक्त प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । प्रतियोगितामा उपत्यकाका १६ विद्यालयको सहभागिता रहने फिजम सचिव सुनिल केसी खत्रिले जानकारी दिनुभयो ।

उद्घाट शत्रमा मार्च पास गरिनेछ भने मार्चपासमा उत्कृष्ट चार टिमलाई ट्रफि प्रदान गरिनेछ । यसैगरी प्रतियोगितामा उत्कृष्ट चार टिमलाई ट्रफि, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । बेष्ट प्लेयर अफ द टुर्नामेन्ट, बेष्ट डिफेन्डर, बेष्ट गोलकिपर लगायतका विधामा समेत खेलाडीलाई सम्मान गरिनेछ ।
विद्यालयहरुबिच सद्भाव कायम गर्ने तथा विद्यार्थीहरुलाई खेलका माध्यमबाट प्रतिभा उजागर गर्ने उद्देश्यले हरेक बर्ष झै फिजमले यो प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्