भिनिसियस भित्र्याउने पहल गर्दै म्यानचेस्टर युनाइटेड

काठमाडौँ, ३ माघ । म्यानचेस्टर युनाइटेडले ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई भित्र्याउने पहल शुरु गरेको छ ।

मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले किलीयन एम्बाप्पेलाई भित्र्याउन भिनिसियस जुनियरलाई बेच्न सक्ने सम्भावना बढेपछि युनाइटेडले पहल थालेको हो । अहिले रियल म्याड्रिडका प्रमुख खेलाडी समेत रहेका भिनिसियसलाई किन्न म्यानचेस्टर युनाइटेडले पहल शुरु गरेको रिपोर्ट बाहिरिएपछि यो विषय चर्चामा रहेको छ ।

 

मिडिया रिपोर्टमा रियलले एम्बाप्पेलाई प्रति साता ७ लाख ६० हजार डलर पारिश्रमिक दिनका लागि पनि भिनिसियसलाई बेच्न खोजेको बताइएको छ । त्यस्तै रियल म्याड्रिडले भिनिसियसको विवादित छबिका कारणपनि उनलाई बेच्न खोजेको बताइएको छ ।

 

त्यस्तै यस सिजनमा लामो समय इन्जुरिका कारण भिनिसियस मैदान बाहिर रहेपनि क्लबको प्रदर्शनमा खासै असर नपरेपछि उनलाई बेच्ने निष्कर्षमा पुगेको बुझ्न सकिन्छ ।

 

त्यस्तै अहिले म्यानचेस्टर युनाइटेडमा ब्रिटिश बिलियर्स जिम राटक्लिफ लगानीकर्ताको रुपमा भित्रिएपछि नयाँ खेलाडी भित्र्याउने प्रयास शुरु गरेको छ । यसैक्रम पछिल्ला बर्षहरुमा संघर्ष गरिरहेको युनाइटेडले  भिनिसियसलाई सहि विकल्प ठानेको छ । रिपोर्टका अनुसार युनाइटेडले भिनिसियसका लागि १६५ मिलियन डलरसम्म अफर गर्न सक्ने बताइएको छ ।

 

तर अहिले एम्बाप्पे रियल म्याड्रिड जाने विषय नै अनिश्चित रहेकाले भिनिसियसले रियल म्याड्रिड छोड्ने विषय अपरिपक्क नै रहेको बुझ्न सकिन्छ ।

 

उनले अहिलेसम्म रियल म्याड्रिडका लागि २४१ खेलमा १३६ गोल गरेका छन् । उनले बार्सिलोनाविरुद्धको सुपर कोपाको फाइनलमा ह्याट्रिक गर्दै उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्