नेविसंघको ५१औँ स्थापना दिवसः संकटको घडिमा एकजुट हुन आह्वान

काठमाडौँ – नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले शनिबार ५१ औं स्थापना दिवस मनाएको छ । कोरोनाभाइरस विरूद्ध सचेतना अभियानलाई जारी राख्दै नेविसंघले स्थापना दिवस मनाएको हो ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले स्थापना दिवसमा विज्ञप्ति निकालेर एकजुट भएर कोरोनाविरूद्ध महामारीको सामना गर्न आह्वान गरेका छन् ।

‘यस संकटको घडिमा सिंगो राष्ट्र एकजुट भई महामारीको सामना गर्न आह्वान गर्दछु,’ अध्यक्ष ढुंगानाले भनेका छन्, ‘जनतालाई उत्साहित बनाउँदै सबैलाई साथमा लिएर सरकारले पारदर्शी भई अघि बढ्न आग्रह गर्दछु।’

साथै उनले नेविसंघको क्रान्तिकारी छविलाई उच्च बनाउन पनि आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्