रेम्डिसिभिर औषधि कोरोना भाइरसको महामारीमा कत्तिको प्रभावकारी ?

काठमाडौँ – कोरोनाभाइरस संक्रमितमा सेवन गराइएको रेम्डिसिभिर औषधीले छिटो निको भएको देखिएको छ । अधिकांश प्रयोगकत्र्ता छिटो निको भइ घर फर्केको स्टाट समाचारलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

प्रयोगशाला परीक्षणमा सहभागी बिरामीमा जटिल प्रकारको श्वासप्रश्वास सम्बन्धी समस्या र ज्वरोको लक्षण देखिएको थियो । तर रेम्डिसिभिर सेवन गरेको सातादिन भित्रै अस्पतालबाट निको भई घर फर्केको प्रयोगशाला परीक्षणको नेतृत्व गरेका चिकित्सकलाई उद्धृत गर्दै स्टाटले उल्लेख गरेको छ । “भर्ना भएका हाम्रो अधिकांश बिरामी अस्पतालबाट घर फर्केका छन्, दुईजना बिरामीको मृत्यु भयो ।”– सिकागो विश्वविद्यालयमा संक्रामक रोग विशेषज्ञ रही प्रयोगशाला परीक्षणको नेतृत्व गर्नुभएका डा. कैथलीन मुल्लैनले भिडियो सन्देशमा बताउनुभएको छ । सीएनएनले प्रतिक्रियाका लागि गरेको आग्रहमा भने उनले तत्काल उपलब्ध नहुने बताएका थिए ।
सिकागो विश्वविद्यालयले भने मुल्लैनको सन्देशमा आशिंक सूचना मात्रै उपलब्ध रहेको जनाएको छ । विश्वविद्यालयले एक वक्तब्य जारी गरी आशिंक रुपमा जारी गरिएको सूचनाले निचोडमा पुग्न नसकिने उल्लेख गरेको छ । रेम्डिसिभिर सेवनको सुरक्षा र प्रभावकारिताबारे अनुसन्धान भइरहेको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयको वक्तब्यमा उल्लेख गरिएको छ, “आन्तरिक फोरमबाट सहकर्मीको कामको प्रगतिबारे जारी गरिएको सूचना अनाधिकृत हो, वैज्ञानिक रुपमा यस्ता जानकारी आवश्यक र असजिलो हो ।” कोभिड–१९ को स्वीकृत चिकित्सकीय औषधी छैन् । कोभिड–१९ को संक्रमणले केही बिरामीमा निमोनिया र जटिल श्वासप्रश्वासको लक्षण देखिन्छ । तर परीक्षणमा संलग्न राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले अनेकौं औषधीसँगै रेम्डिसिभिरको परीक्षणको रुपमा प्रयोग गर्दैछ । जिलेड साइन्सेजले उत्पादन गरेको रेम्डिसिभिर इबोला संक्रमणको बेला प्रयोग गरिदा केही मात्रामा मात्रै सफलता प्राप्त गरेको थियो ।
जनावरमा गरिएको अध्ययनले भने कोरोनाभाइरससँग सम्बन्धित कोभिड–१९ सार्स तथा मर्स निर्मूल गरेको पाइएको छ । फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले रेम्डिसिभिर कोभिड–१९ विरुद्ध सम्भावित हुने जनाएको थियो । स्टाटले मुल्लैनले सहकर्मीहरुसँग प्रयोगशाला परीक्षण सम्बन्धमा गर्नुभएको भिडियो छलफलको प्रतिलिपि हेरेको जनाएको छ । उक्त भिडियोमा उनले हा्रो अधिकांश बिरामी जटिल अवस्थामा छन् र अधिकांश निको भएर छ दिनमै घर फर्किन लागेको बताएका थिए । परीक्षणको क्रममा दश दिनसम्म भने बस्नु नपर्ने उनले भिडियो बहस गरेको देखिन्छ ।
परीक्षणमा नियन्त्रित समूह समावेश गरिएको छैन्, जसले गर्दा बिरामीलाई छिटो निको हुन मद्दत गरेको भन्न कठीन देखिएको छ ।
औषधीको दर्जनौं प्रयोगशाला केन्द्रमा परीक्षण गरिदैछ । जिलिडले उक्त प्रयोगशाला परीक्षणका लागि विश्वका १ सय ५२ केन्द्रका दुई हजार ४०० कोभिड–१९ का संक्रमितलाई समावेश गरेको छ । विश्वका १ सय ६९ वटा अस्पतालका एक हजार छ सय हल्का लक्षण देखिएका बिरामीमा समेत उक्त औषधीको परीक्षणको रुपमा प्रयोग गरिएको छ । यसै महिनाको अन्त्यसम्ममा रेम्डिसिभिरको प्रयोगशाला परीक्षणको नतिजा प्राप्त हुने जिलिडले जनाएको छ ।
सीएनएनसँगको सम्पर्कमा कम्पनीले एक वक्तब्यमा भनेको छ –“कोभिड–१९ बाट संक्रमितमा छिटो उपचारको आवश्यकता हामीले महसुस गरेका छौं । परीक्षणबाट निस्केको परिणामका लागि प्रयोगशालामा सेवन गराइएका सबै बिरामीको विश्लेषणसहितको परिणाम आउनु जरुरी हुने कम्पनीको भनाई छ ।

गाेरखापत्रअनलाइनबाट

(सीएनएनका लागि मैगी फक्सले तयार गर्नुभएको रिर्पोटको अनुवादित अंश)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्