बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको मृत्यु

सांकेतिक तस्विर

रौतहट, २९ पुस  ।  रौतहटमा बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको डुबेर मृत्यु भएको छ।

 

गुजरा नगरपालिका-१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका-७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम साहकी छोरी अनु साहको मृत्यु भएको हो।

 

उनको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। खेल्ने क्रममा डुबेर अशक्त भएकी उनलाई चन्द्रनिगाहापुर प्रालि अस्पतालमा उपचारको लागि लगिएको थियो।

 

उपचारको क्रममा बालिकाको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्