कोभिड–१९ नियन्त्रणका नेपालले अपनाएको रणनीतिको विदेशी विज्ञद्वारा प्रशंसा

काठमाडौँ – विश्वमा कोभिड–१९ नियन्त्रणमा भइरहेका प्रयास र उपलब्धिको विषयमा अनुभव आदनप्रदान गर्न आयोजित ‘भच्र्युअल’ बैठकमा कोरोना भइरस नियन्त्रणमा नेपालले लिएको रणनीतिको प्रसंसा गरिएको छ । विभिन्न देशमा कोभिड–१९ नियन्त्रणमा अपनाइएका उपाय र विभिन्न नयाँ अनुसन्धानबाट प्राप्त तथ्यहरुलाई कोरोना नियन्त्रण कार्यमा मार्ग निर्देशक सुझाव तयार पार्न शुक्रबार सो बैठक आयोजना गरिएको हो ।

कोरोना भाइरस रोग (कोभिड–१९) सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्यले जनाएको छ । नीति, योजना तथा अनुगमन महाशाखा अन्तर्गत रहेको ‘नलेज क्याफे’ को सचिवालयद्वारा आयोजित बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी, विकास साझेदार संसाथका प्रतिनिधिहरु र देश विदेशका विषय विज्ञहरुगरी ६० जनाको सहभागिता रहेको जनाइएको थियो ।

स्वास्थ्य आपतकालीन कार्य सञ्चार केन्द्रका अनुसार, नेपालमा कोभिड–१९ नियन्त्रणका लागि लिइएको विद्यमान रणनीलाई नयाँ उपलब्ध तथ्यहरुको आधारमा परिार्जन गर्दै लैजान सकिने सुझाव बैठकमा प्राप्त भएको छ । त्यस्तै, एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट अफ नेपाल (एसीपीएन) ले कोभिड–१९ को महामारी नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिएको रणनीति र प्रयासको प्रसंसा गरेको छ । एसीपीएनले कोरोना भाइरस परीक्षण उपकरणको देशभर व्यवस्थापनले नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षासमेत गरेको छ ।

गाेरखापत्रअनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्