एमाले दार्चुलाका नेता धामी : सहजै नेतृत्व हस्तान्तरण गर्ने मध्येका एक

काठमाडौँ – नेपाल कम्युष्टि पार्टी एमालेमा मिलनसार, विचारवान र उदयमान नेताको छवी बनाएका नेता हुन् एमाले दार्चुलाका निवर्तमान अध्यक्ष प्रेमसिंह धामी । धामी सजिलै आफ्नो पद हस्तान्तरण गर्ने नेताको सूचीमा पर्ने नेता मध्येका एक हुन् । उनी एमाले दार्चुलाको अध्यक्ष् भए यता पार्टीलाई चयायमान बनाउनुका साथै पार्टी संगठन विस्तारको लागि जिल्लाका गाउँ–गाउँ पुगे । तर जब उनको कार्यकाल सकिन लाग्यो उनले सहजै नेतृत्व हस्तान्तरण गरे । एमाले दार्चुलाको नवौँ अधिवेशनबाट ज्ञानेन्द्र घर्ति जिल्लाको सर्वसम्मत अध्यक्ष चयन भए । अध्यक्षमा ४ जनाले आकांक्षा देखाएका थिए ।

जिल्ला कमिटि अध्यक्ष प्रेमसिंह धामी, एमालेमा सादगी नेताको छवि बनाएका लेकम गाउँपालिकाका पूर्व अध्यक्ष परमानन्द जोशी, ज्ञानेन्द्र घर्ती र उदय बडालले नेतृत्वमा दाबी गरेका थिए । तर धामीकै पहलमा सहमति भएको उनी निकट स्रोत बताउँछ । ‘चुनाव हुने परिस्थिति बनिहाले धामीको जीत सुनिश्चित थियो, तर उहाँले सबैले मिलेर जाँदा पार्टी बलियो हुने भन्दै सहमतिको बाटो रोज्नुभयो’ स्रोतले भन्यो । धामी २०३९ सालमा तत्कालिन सिप्टि गाविसमा बुवा गोपाल सिंह धामी र आमा किस्मती धामीको कोखबाट जन्मिएका हुन् । उनी ११ वर्षको सानै उमेरमा उनका बुवाको निधन भएर टुहुरो हुन पुगे ।

सानै देखी क्रान्तिकारी र समाज परिवर्तनको हुटहुटी भएका धामीले राजनीतिक यात्रामा जोडिन पुगे । राजनीतिक जीवनको उतारचढाव भोग्दै धामी २०७४ सालको स्थानीय निर्वाचनमा नौगाड गाउँपालिकाको पहिलो अध्यक्ष बन्न सफल भए । गाउँपालिकाको अध्यक्ष हुँदा विकास निर्माण र सुशासनका विषयमा गाउँपालिकालाई राष्ट्रिय स्तर सम्म चिनाउन उनी सफल भए । उनले ५ वर्ष नेतृत्व सम्हाल्दा नौगाडको विकासलाई दार्चुलाको विकासको नमुना समेत भन्ने गरिन्थो । तर उनले २०७९ सालमा भएको स्थानीय चुनावमा हार व्यहोर्नु पर्यो । दार्चुलामा उनले मात्रै नभई मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिं धामी बाहेक कसैले पनि दोस्रो पटक जीत हासिल गर्न सकेनन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन भएको कारण आफेले पराजय भोगेको समेत उनको दाबी छ । गाउँपालिकाको अध्यक्ष भएकै बेला उनी एमालेको जिल्ला नेतृत्वमा पुगे । उनले जिल्लाको नेतृत्व समाल्दा एमाले दार्चुलाले संघीय निर्वाचनमा हार व्यहोर्नु पर्यो । उनले उक्त हार प्राविधिक कारणले भएको दाबी समेत गरे । त्यो समयमा पार्टीलाई चयानमान बनाएको धामीको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्