नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं, १९ पुस । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

राष्ट्रिसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।

 

नेकपा एसका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ ।

 

नेकपा एमालेले राष्ट्रियसभामा भागबन्डा खोजेको भोलिपल्ट नेकपा एसले सचिवालय बैठक बोलाएकोह हो । आज बस्ने बैठकमा सत्तारुढ गठबन्धनबाट पार्टीले पाउने सीट तथा एमालेले माग गरेको भागबन्डाको विषयमा छलफल हुने जनाइएको छ ।

 

कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले हिजोको गठबन्धन बैठकमा असन्तुष्टि जनाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्