बनले सुरक्षा दिन छाडे पछि राैतहटमा बढयाे काठ तस्करी

File Photo

रौतहट, २० पुस । पछिल्लो समय वन कर्मचारी कै मिलेमतोमा काठ चोरी तस्करी बढेको छ ।

 

काँचा रुख काटनका लागि वन कर्मचारीले लाईन दिने र काटेर गाडीमा लोड गरेर लाने बेलामा भनेजति पैसा नपाएपछि काठ र तस्कर पक्राउ गरेर थुन्ने काम पछिल्लो समय बनमा देखा पर्न थालेको स्थानियले जनाएका छन् ।

 

यसै क्रममा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले बुधबार राती पिकअप भ्यान सहित काठ बरामद गरेको छ । जंगलसहिया सब डिभिजन वन कार्यालय अन्तरगतको जंगलबाट सो काठ बरामद गरेको हो ।

 

डिभिजन वन कार्यालय रौतहटका रेन्जर लक्ष्मी कर्णको नेतृत्वमा गएको टोली र जंगलसहिया सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत आरिफ हुसेनको नेतृत्वमा गएको टोलीले सो काठ,पिकअप भ्यान र २ जना काठ तस्कर पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटका सुचना अधिकारी बिमल ठाकुरले जानकारी दिएका छन ।

 

प्रदेश २ –०३–००१च २१९८ नम्बरको पिकअप भ्यानमा काठ लोड गरिरहेको अबस्थामा अन्दाजी ६० क्युफिट काठ पक्राउ गरेको हो । धन्सारबाट जंगलसहिया जानेक्रममा सोही जंगलबाट सो काठ बरामद गरेको हो । काठको साथ साथै जितपुर सिमरा उपमहानगरपालिका वाड नं.२३का आजम हुसेन र निजगढ ९ सिंगौलका अजय कुमार चौधरी समेत पक्राउ परेका छन् ।

 

यस अघि मंगलबार पनि बृन्दावन नगरपालिका वाड नंं ८ बरगजवा टोलबाट पनि करिब ५० क्युफिट काठ गरुडा प्रहरीले पक्राउ गरेको थियो । वनका कर्मचारीको सेटिङमा बरगजवा पुगेको काठ प्रहरीले बरामद गरेको थियो ।

 

केही दिनयता रौतहटका जंगलमा काठ तस्करहरु सल्बलाएको पाइएको छ । वलरी क्षेत्रबाट सर्लाहीका तस्करहरु सक्रिय छन भने रंगपुर तथा जंगलसहिया वन क्षेत्रमा बाराका काठ तस्करहरु सक्रिय रहेको पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्