भारतीय बिदेश मन्त्रीले आज पशुपतिनाथको दर्शन गर्ने

काठमाडौं, १९ पुस । भारतीय बिदेश मन्त्री एस जयशंकर आज पशुपतिनाथको दर्शन गर्न पुग्दैछन ।

 

दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका बिदेश मन्त्री जयशंकर आज पशुपतिनाथ दर्शन गर्न जान लागेका हुन । उनी आजै स्वदेश फर्कदैछन ।

हिजो बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण गरेका  बिदेशमन्त्री जयशंकरको पहिलो शिष्टचार भेट बिहिबार बिहान ११ः०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको थियो भने अपरान्ह १२ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टचार भेटबार्ता गरेका थिए ।

दिउँसो १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्धिपक्षिय भेटबार्ता गरेका जयशंकरले नेपाल भारत बिच उर्जालगायत बिषयमा सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा उपस्थित भएका थिए । जुन सम्झौता पछि नेपालले भारतलाइ १० हजार मेगावाट बिजुली बेच्ने सुनिश्चितता कायम गरेको थियो भने अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको स्वकृतिमा २० करोडसम्म भारतले सहयोग उपलब्ध गराउने सम्झौता गरिएको थियो ।
सो सम्झौता पछि बिदेश मन्त्री जयशंकरमा राजनीतिक नेतासँग भेटबार्ता गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकाे भेटबार्ता भएकाे थियाे ।

 

 

साँझ ६ः१५ देखी सोल्टी होटलमा बिदेश मन्त्री जयशंकरको सम्मानमा आयोजना रात्री भोजमा सहभागी भएका बिदेश मन्त्री जयशंकर आज पशुपतिनाथको दर्शन गर्न जान लागेका हुन् ।

 

आज दिनभर औपचारिक कार्यक्रममा ब्यस्त रहे पनि भोली भने भारतीय बिदेश मन्त्री जयशंकर अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन, जसअनुसार भोली बिहान पशुपतिनाथको दर्शन गर्नेछन भने उनले पुर्ननिमार्ण भईरहेका भवनहरुको निरिक्षण गरेर १२ बजे अपरान्ह स्वदेश फर्कनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्