नोट्टीङघमले म्यानचेस्टर युनाइटेडलाई २-१ ले हरायो

काठमाडौँ, १५ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा नोट्टीङघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

नोट्टीङघमको जितमा निकोलस डोमिनगेज र् मोर्गन गिब्सले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि एक गोल मार्कस राशफोर्डले गरेका थिए ।

यो जितपछि नोट्टीङघम फोरेस्टको २० खेलमा २० अंक भएको छ र लिगमा १५औं स्थानमा उक्लिएको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा  नवौं हार हो । २० खेलमा ३१ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा सातौं स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्