म्यानचेस्टर सिटीको जितमा रोड्रीगो र अल्भारेजको गोल

काठमाडौं, १५ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा रोड्रीगो र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।

यो म्यानचेस्टर सिटीको यस सिजनमा १२औं जित हो । १९ खेलमा ४० अंक भएको म्यानचेस्टर सिटी यो जितपछि तेस्रो स्थानमा उक्लिएको छ । समान ४० अंक रहेको आर्सनल गोल अन्तरको आधारमा चौथो स्थानमा झरेको छ ।

त्यसैगरी शेफिल्ड युनाइटेडको भने यो यस सिजनमा १५औं हार हो । २० खेलमा ९ अंक रहेको शेफिल्ड अंक तालिकामा पुछारमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्