जिपिएलको पहिलो सिजन पुस १७ देखि सुरु हुँदै

रौतहट, १५ पुस । रौतहटको गौरमा पहिलो पटक गौरी शंकर यादव प्रिमियर लिग (जिपीएल) शुरु हुने भएको छ ।

 

पर्सी अर्थात पौष १७ देखी शुरु हुने प्रतियोगितामा गौरका ९ टिमको सहभागीता रहने छन् ।

 

गौरीशंकर यादव प्रतिष्ठानले शनिवार गौरको साइमन होटलमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका कार्यक्रम सार्वजनिक गरेको छ । नगरक्षेत्रमा रहेका क्रिकेट खेलाडीहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसायी एवं गुणस्तरिय खेलाडी उत्पादनको लागी जीपीएलको शुरुवात गर्न लागेको प्रतिष्ठानका अध्यक्ष मोहन यादवले बताए ।

 

प्रतियोगितामा सहभागी गौरका ९ वटै वडाका टिमको लोगो र जर्सि सार्वजनिक गरिएको छ । जिपिएलमासहभागी टिमहरु क्रान्तिद्वार ११, बानेश्वर ११, शिवगंगा ११, सोवर्णामाई ११, बरहवा ११, सबगढा ११, सिसवा ११, दरवार ११, सिर्सिया ११ को सहभागीता रहेको आयोजक समितिका संयोजक गौतम श्रेष्ठले बताए । जीपीएलमा सहभागी हुने हरेक टिमका ११ जना खेलाडीलाई म्याच फि समेत उपलब्ध गराईने व्यवस्था गरिएको उनले बताए ।

 

प्रतियोगितामा क्रिकेट एशोसियसन अफ नेपालबाट मान्यता प्राप्त एम्पायर तथा स्कोररलाई प्रयोग गरिने समेत उनले बताए । प्रतियोगिता अवधीभरीमा खेलाडीहरु अनुशासित रहन आग्रह गर्दै यदी कुनै खेलाडी खेलभावना विरुद्ध कुनैपनि कार्य गरेमा सम्पूर्ण म्याच फि काटिने समेत स्पष्ट श्रेष्ठले बताए ।

 

प्रतियोगिताका प्रत्येक म्यान अफ दि म्याच खेलाडीलाई नगद १ हजार १ सय ११ रुपैयाको नगद पुरस्कारको व्यवस्थापन गरिएको छ । क्यानको नियम कानुनलाई अंगिकार गर्दै गौरीशंकर यादव प्रिमियर लिग (जीपीएल) संचालनको आवश्यक सबै तयारीहरु अन्तीम चरणमा पुगेको फाउण्डेशनका अध्यक्ष मोहन यादवले बताए । गौर नगरपालिकामा रहेका ९ वटा वडाका टिमहरु समावेश भएको र ११ दिन सम्म जीपीएल अन्तर्गत १९ वटा म्याच हुने प्रतिष्ठानका अध्यक्ष मोहन यादवले जानकारी दिए ।

 

सो पत्रकार सम्मेलनमा रौतहट क्रिकेट संघका कोषाध्यक्ष विक्रान्त विक्रान्त नेपाल, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, अम्पायर सागर यादव, सहित संचारकर्मीहरु तथा टिमका क्याप्टेनहरुको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्