होटेलको ‘हेयर ड्रायर’ प्रयोग गरे बापत अष्ट्रेलियामा एक महिलाले तिरिन् १ लाख २० हजार जरिवाना

सिडनी, ३ पुस । अष्ट्रेलियाकी एक महिलाले हेयर ड्रायर प्रयोग गरे बापत १४०० अष्ट्रेलियाली डलर (लगभग १ लाख २० हजार रुपैयाँ) तिरेको घटना सार्बजनिक भएको छ ।

 

सो कुरा थाहा बाहिर चुहिए पछि होटलमा हेयर ड्रायर प्रयोग गर्न निकै महँगो परेको समाचार बाहिरिएको हो ।

 

हो, अष्ट्रेलियाको पर्थको एक होटलमा बसेकी केली नामकी महिलासँग पनि यस्तै घटना भएको छ ।

 

न्यूयोर्क पोस्टका अनुसार अनुसार केली गत शनिबार एक कन्सर्टमा सहभागी हुन पर्थ पुगेकी थिइन् । जहाँ उनले नोभोटेल पर्थ ल्याङ्लीमा बस्नको लागि कोठा बुक गरेका थिइन । कन्सर्टमा भाग लिन पर्थ आएकी ती महिलाले पहिले आफ्नो होटेलको कोठामा नुहाइन् र कपाल सीधा गर्न हेयर ड्रायर प्रयोग गरिन्, जसरी सबैले सामान्यतया गर्छन्।

 

तर, महिलाले ड्रायर चलाउन थालेपछि फायर अलार्म बज्न थाल्यो र केही समय मै दमकल उनको कोठामा पुग्यो । होटल प्रशासनले महिलाको हेयर ड्रायरका कारण फायर अलार्म बज्न थालेको दाबी गरेको छ । यी सबैको बीचमा महिला कार्यक्रममा सहभागी भइन् र भोलिपल्ट होटलबाट चेकआउट गरिन्। तर तीन दिन पछि महिलालाई थाहा भयो कि प्रति रात २ सय ४० डलरको सट्टा उनको खाताबाट १४ सय डलर काटिएको थियो ।

 

यो देखेर महिला रिसाइन र होटलबाट यो कटौतीको बारेमा सोधपुछ गरिन। जसमा महिलाले गलत फायर अलार्मका कारण आफूबाट जरिवाना लिएको जानकारी पाइन ।

 

अष्ट्रेलियामा आधारित आउटलेट पर्थ नाउका अनुसार यहाँको फायर एण्ड इमर्जेन्सी सर्भिस डिपार्टमेन्टले नक्कली फायर अलार्मको लागि जरिवाना लिने गरेको छ तर जरिवाना मात्र १३३७ अष्ट्रेलियन डलर  हो। यस्तो अवस्थामा होटलका कर्मचारीले महिलाको खाताबाट ६३ डलर बढी काटेका थिए ।

 

तर, ती महिलाले होटलविरुद्ध लगातार गुनासो गरिरहिन र त्यसपछि होटलले फोन गरेर इमेल पठायो, त्यसपछि अन्ततः उसले हेयर हेयर ड्रायर प्रयोग गर्दा लागेको भन्दै जरिवाना तिराइएको रकम फिर्ता पाइन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्