च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सार्बजनिक

काठमाडौँ, ३ पुस । यस सिजनको युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सार्बजनिक गरिएको छ ।

 

सोमबार गरिएको ड्र मा प्रिमियर लिग क्लब आर्सनलले पोर्चिगुच क्लब पोर्टो प्रतिद्वन्दी पाएको छ भने स्पेनिस क्लब बार्सिलोनाले इटालीयन क्लब नापोली प्रतिद्वन्दी पाएको छ ।

 

त्यसैगरी फ्रेन्च च्याम्पियन पिएसजीले स्पेनिस क्लब रियल सोसियडाड प्रतिद्वन्दी पाएको छ भने स्पेनिस क्लब एटलेटिको म्याड्रिडले इटालीयन क्लब इन्टर मिलानसँग खेल्ने भएको छ ।

 

त्यसैगरी नेदरल्याण्डसको क्लब पीएसभीले जर्मनी क्लब डोर्टमण्डको सामना गर्ने भएको छ । त्यस्तै इटालियन क्लब लाजियोले जर्मनी क्लब बायर्न म्युनिखको सामना गर्ने छ भने डेनमार्कको क्लब कोपेनहेगनले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ ।

 

त्यसैगरी जर्मनी क्लब आरबी लेइपजिंगले स्पेनिस महारथी रियल म्याड्रिडको सामना गर्ने छ ।

 

अब राउण्ड १६ का खेल होम र अवेका आधारमा फेब्रुअरी र मार्चमा हुने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्