कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार एक जनाको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका–३ कुचैनी स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ३ प १४१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका–१४ का ४५ वर्षीय कुते सार्कीको मृत्यु भएको छ। मोटरसाइकल पछाडी सवार एक जना घाइते भएका छन्।
मोटरसाइकल पछाडी सवार सोहि स्थानका ३९ वर्षीय तेजबहादुर सार्कीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्