बार्सिलोनालाई ४-२ ले हराउदै गिरोना शिर्ष स्थानमा

काठमाडौँ, २५ मङ्सिर । स्पेनिस ला लिगा अन्तर्गत गिरोनाले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ ।

 

गएराती सम्पन्न खेलमा गिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

गिरोनाको जितमा आर्टेम डोभबिक मिगुएल गुटरेज, भलेरी फेर्नानडेज र क्रिस्टियन स्टुआनीले एक एक गोल गरेका थिए ।

 

त्यसैगरी बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र इके गुनडोगानले एक एक गोल गरेका थिए ।

यो जितपछि गिरोना स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । गिरोनाको १६ खेलमा ४१ अंक छ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा २ अंकले अगाडी रहेको छ ।

 

त्यस्तै बार्सिलोनाको भने यो यस सिजनमा दोस्रो हार हो । १६ खेलमा ३४ अंक रहेको बार्सिलोना लिगको चौथो स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्