गायन तर्फको अर्किड आइडल सिजन ९ को उपाधि रोजिना खड्काले जित्न सफल

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा अवस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलले आयोजना गरेको गायन तर्फको अर्किड आइडल सिजन ९ को फाइनल राउण्ड सम्पन्न भएको छ । अडिसन राउण्डमा सहभागी १ सय ५० जनामध्ये ७० जना सेमिफाइनलको यात्रा हुदैँ २२ जना फाइनलका लागि छनोट भएका थिए । फाइनलका लागि सहभागी २२ जनाबीच प्रतिस्पर्धा गर्दैँ आज विजेता छनोट गरिएको छ ।
जसमा कक्षा ५ की छात्रा रोजिना खड्का प्रथम भएकी छिन । उनलाई आज आयोजित कार्यक्रममा विजेता घोषणा गरिएको हो । यसैगरी कक्षा ७ की छात्रा रेविशा बस्नेत द्धितीय तथा कक्षा ८ की छात्रा दिलिशा माझी तृतीय र कक्षा ८ का छात्र सुशान्त मगर चौथो भएका छन् । इमेल लोक कलाकार लियालिटी सो का विजेता, रामेछापा लोक तारा २०६५ का विजेती साथै नेपाल लोक स्टारमा प्रथम विजेता समेत रहेका गायक रामकुमार नेपाली निर्णायकको रुपमा रहेका थिए ।

विद्यालय, विद्यार्थी र अभिभावकको सम्बन्ध विस्तारका साथै विद्यार्थीेहरुको अन्तर्निहित क्षमताबारे अभिभावकहरु समेत जागरुक गराउन आइडलको अवधारण लिएको अर्किड स्कुलले आज नवौँ श्रृङ्खला समेत सम्पन्न गरको छ । आज आयोजित कार्यक्रममा फाइनल राउण्डमा पुगेका २२ जनाका अभिभावकहरुलाई समेत उपस्थित गराउको थियो । उहाँकै उपस्थितिमा आफ्ना बालवालिकाको प्रतिभा देख्ने अवसर होस् भनेर सहभागी गराएको विद्यालयले जनाएको छ ।

लामो समयदेखि संगीत शिक्षकको रुपमा कार्यरत लेखनाथ बस्नेत समेत कार्यक्रममा उपस्थित रहनुभएको थियो । कार्यक्रम सञ्चालन विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेले गर्नुभएकाे थियो । विद्यार्थीहरुलाइ हैसला दिन र अन्तर्निहित प्रतिभाको खोजी गर्न यस कार्यक्रमलाइ निरन्तरता दिने विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्