लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं, २२ मंसिर । काठमाडौं, सिरहा र सर्लाहीबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१ गैह्रीधाराबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम ३३ मिलिग्रामसहित सोही महानरपालिका-७ चाबहिल बस्ने रूकुम पश्चिम बाफीकोट गाउँपालिका-८ घर भएका ४१ वर्षीय डण्ड बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

सिरहाकाे लहान नगरपालिका-८ मखन भोग होटलबाट अवैध लागूऔषध खैरो हिरोईन ४९ ग्राम ९ सय मिलिग्रामसहित बरियारपट्टी गाउँपालिका-१ बडहरी बस्ने ४६ वर्षीय ग्रिस प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र प्रहरी चौकी लहानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

सर्लाहीकाे हरिपुर नगरपालिका-६ बस्ने ३३ वर्षीय जाकिर मंसुर र सोही नगरपालिका-८ बस्ने ५८ वर्षीय जुगेश्वर दास कथबनियालाई अवैध लागूऔषध गाँजा ४ केजी ७ सय ग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

 

हरिपुर नगरपालिका-२ स्थितबाट २ सय ग्राम गाँजासहित जाकिर मंसुरलाई ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा जाकिर उक्त गाँजा जुगेश्वर दास कथबनियाबाट खरिद गरी ल्याएको खुल्न आएपछि प्रहरीले जुगेशवर दासलाई ४ किलो ५ सय ग्रामसहित पक्राउ गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्