घटस्थापनाको दिन बिहानै बैतडीमा जीप दुर्घटना, ४ जना घाइते

बैतडी – बैतडीको पाटनमा जीप दुर्घटना भएको छ ।  धनगढीबाट दार्चुलाको लागि हिडेको म १ ज २६० नम्बरको जीप बिहान साढे ५ बजे पाटन नगरपालिका–६ हिरापूर नजिक जीप दुर्घटना भएको हो । जीपमा सवार ४ जना यात्रुहरुलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

जीपमा सवार अपिहिमाल गाउँपालिका दार्चुलाका पुर्व उपाध्यक्ष उर्मिला बोहरा, उनका श्रीमान करबिरसिंह बोहरा अन्य २ यात्रुहरु सामान्य घाइते भएका छन् । यसैगरी हिक्मत कार्की र एक अर्का यात्रुको टाउकोमा चोट लागेको छ । जीप ७ जना यात्रु बोकेर हिजो साझँ धनगढीबाट हिडेको थियो । सडक पेटीमा रोकिएका कारण दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्