एमालेको कर्णाली प्रदेश अध्यक्षमा शाह निर्वाचित

सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका भएका छन् । सोमबार सकिएको मतगणनामा शाहले ३६९ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत पाएका छन् । प्रकाश रोकायले चार मत मात्र पाएका छन् । निर्वाचित अध्यक्ष शाहले पार्टीभित्र भएको लोकतान्त्रिक विधिमा विजय र पराजयलाई सामान्य रुपमा लिनुपर्ने बताए । उनले भने, ‘कुनै समूह र गुट थिए, हुने पनि छैन ।’

अध्यक्षमा पराजित शाहीले भने प्रत्येक प्रतिनिधिलाई आफ्नो नेता छान्ने अधिकार रहेको बताए । हार जित स्वभाविक हुने भन्दै उनले भने, ‘भविश्यमा पार्टी निर्माणमा ल्याउने योजनामा एकैसाथ अगाडि बढ्नसक्छौं ।’ कुनै मतभेद भए आपसी सम्वादबाट हल गर्ने र पार्टीलाई कर्णालीमा पहिलो बनाउने बताए । यस्तै उपाध्यक्षमा टेकराज पछाई निर्वाचित भएका छन् । उनले ३४२ मत पाउँदा लालबहादुर महताराले १७६ र दानसिंह परिवारले ५९ मत पाएका छन् । सचिवमा ध्रुवबहादुर शाही ४०६ मतका साथ चुनिए । उनका निकटतम प्रतिद्वन्द्वी रूर्दबहादुर शाहीले १६९ मत पाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्